काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)लाई तत्काल स्पष्टीकरण नसोध्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै काठमाडौं महानगरपालिकाले फेन्सिङ तार काटेको थियो । ३२ जेठमा विमानस्थल परिसरको फेन्सिङ तार काट्नु नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ विपरीत रहेको भन्दै प्राधिकरणले मेयर शाहसँग स्पष्टीकरण सोधेको थियो ।
तर, मेयर शाह प्राधिकरणले सोधेको स्पष्टीकरण बदर गर्न माग गर्दै बिहीकार अदालत पुगेका थिए । मेयर शाहले उच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाई गर्दै अदालतले तत्काल बालेनलाई स्पष्टीकरण नसोध्न आदेश दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्