काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अदालतको अवहेलनाको उजुरी परेको छ । अदालताको आदेश नमानेको भन्दै मेयर शाहलाई अदालतको अवहेलनामा कार्वाहीको माग गर्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा उजुरी दिएकी हुन् ।
झाले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।
भारतीय चलचित्र ‘आदिपुरुष’को विवादका कारण काठमाडौंका हलमा हिन्दी फिल्म ‘ब्याण्ड’ गरेका मेयर शाहले केही दिन अघि अदालतले दिएको आदेशको आलोचना गरेका थिए । देशको स्वाधिनता र सार्वभौमिकताका सवालमा अदालतको आदेश नमान्ने भन्दै मेयर शाहले काठमाडौंका हलमा हिन्दी फिल्म नरोक्न अदालतले दिएको आदेश नमान्ने अडान लिएका थिए ।
मेयर शाहको उक्त अभिव्यक्तिपछि अधिवक्ता झाले अदालतको आदेश नमानेर शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दिएकी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्