Skip to content
LAXMI SUNRISE BANK

बालेन शाहविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश

अर्थ सरोकार

काठमाडौं । काठमाडौंका मेयर बोलेन्द्र शाह (बालेन) विरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेर लिखित जवाफ माग गर्न आदेश दिइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा निवेदन पेस गरेकी थिइन् ।

मेयर शाहले यसअघि काठमाडौंमा हिन्दी फिल्म नरोक्न उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै सामाजिक सञ्जालबाट घोषणा गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK