Skip to content
LAXMI SUNRISE BANK

मन्त्रीपरिषद् बैठकद्धारा बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को बेल्जियम भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहको बल्जियम भ्रमण स्वीकृत गरेको हो ।

बैठक सकिएलगत्तै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रोखा शर्माले मन्त्रिपरिषद्ले मेयर शाहको बेल्जियम भ्रमण स्वीकृत गरेको जानकारी दिइन् । मन्त्री शर्माका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बेल्जियमको ब्रसेल्समा आयोजना हुन लागेको विश्व शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेल्जियम जाँदैछन् ।

मेयर शाह जेठ २९ देखि ३२ सम्म बेल्जियम भ्रमणमा रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK