×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा सार्वजनिक गाडीको भाडा घट्यो, तर लागू भएन

PRIME CA
GLOBAL IME BANK

काठमाडौंमा सार्वजनिक गाडीको भाडा घट्यो, तर लागू भएन

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बागमती प्रदेश सरकारले घटाएको सार्वजनिक गाडी भाडा लागू नभएको पाइएको छ । प्रदेश सरकारले ११ जेठमा राजपत्रमै सूचना प्रकाशन गर्दै विभिन्न रुटको भाडा दर घटाए पनि कार्यान्वयन भने नभएको पाइएको हो ।

छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधनको भाडा घटे पनि हाल नागरिकहरु पुरानै भाडा तिरेर यात्रा गर्न बाध्य छन् । कतिपय रुटमा त झन् पुरानो मात्र होइन भाडादरमा उल्टै वृद्धि गरिएको पाइएको छ । यसो त काठमाडौं उपत्यकामा चल्ने स्थानीय सवारीसाधनले पनि प्रदेश सरकारले घटाएको भाडा कार्यान्वयन गरेका छैनन् । अझ उपत्यकाको भित्रि रुटमा चल्ने सवारीसाधनले भनै आफूखुसी भाडा असुली गर्ने गरेको यात्रुहरुको गुनासो छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले काठमाडौं उपत्यकामा चल्ने सवारीमा न्यूनतम भाडा १९ रुपैयाँ कायम भएको बताएका छन् । तर, सवारीसाधनहरुले भने आफूखुसी भाडा असुली गरिरहेको पाइएको छ । यसरी भाडादरभन्दा बढी वा मनपरी असुली गर्नु यातायातभित्रको विकृति भएको बताउँदै स्वाँरले अनुगमन गरी कार्वाही गर्ने बताएका छन् । यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि प्रदेश मन्त्रालयबाट भाडा बढेको विषयमा आधिकारिक जानकारी नआएको जनाएको छ ।

यसरी प्रदेश सरकारले भाडा दर घटाए पनि कार्यान्वयनमा भने समस्या देखिँदा यात्रुहरु दुविधामा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: