×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्धनसँगै हवाई यात्राको भाडा पनि घट्यो, कुन रुटको कति ?

PRIME CA
GLOBAL IME BANK

इन्धनसँगै हवाई यात्राको भाडा पनि घट्यो, कुन रुटको कति ?

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई यात्राको भाडादर घटाएको हो ।

घटेको नयाँ भाडादरमा सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा कम भने काठमाडौँ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।

त्यस्तै, काठमाडौँ–भद्रपुरको तीन सय, काठमाडौँ–विराटनगरको दुई सय ४०, काठमाडौँ–धनगढीको चार सय ४५, काठमाडौँ–नेपालगञ्जको तीन सय २५, काठमाडौँ–भैरहवाको दुई सय १० र काठमाडौँ–सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ ।

मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: