×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भगवती हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्रिमियममा आइपीओ जारी गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भगवती हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्रिमियममा आइपीओ जारी गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

Artha Sarokar

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा असार २४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

उक्त सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७)का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी