काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले जन्मेदेखि पाँच वर्ष नपुग्दासम्म शिशुलाई मासिक पाँच सयका दरले भत्ता दिने घोषणा गरेको हो ।
गाउँपालिकाले उक्त कार्यक्रमलाई ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ नाम दिएको छ । उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र जन्मिएका वा रेफर भएका शिशुको भविष्य सुरक्षाका लागि भत्ता वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताएका छन् । ‘नवजात शिशुको भविष्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको हो ।’, उनले भने, ‘पाँच वर्षसम्म बैकिङ प्रणाली मार्फत भत्ता दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।’
बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यको लागि लगानी गर्न सके त्यसबाट स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईको भनाई छ । नवजात शिशुलाई मासिक रुपमा भत्ता दिने पौवादुङमा गाउँपालिका पहिलो गाउँपालिका हो ।
‘आर्थिक अभावका कारण बालबालिका स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुन् भन्ने हाम्रो लक्ष्य हो ।’, अध्यक्ष राईले भने, ‘पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्दती खातामा राखेर उनीहरूको उज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्