×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुक आर्थिक मन्दीमा गइसक्यो’- सांसद बिमला राई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘मुलुक आर्थिक मन्दीमा गइसक्यो’- सांसद बिमला राई

Artha Sarokar

२४ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गईसकेको टिप्पणी गरेकी छिन् ।

बुधवार राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले देशको पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गईसकेको बताएकी हुन् । ‘पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गईसकेको छ ।’, उनले भनिन्, ‘चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ यसको भार विकास खर्चमा पर्छ ।’

त्यस्तै, उनले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिए पनि मंसिरमा गएर संशोधन गरी कति प्रतिशतमा झर्ने हो टुङ्गो नभएको तर्क गरेकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी