काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक मन्दीको अवस्थालाई अर्थमन्त्रीले ढाकछोप गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गरेको आरोप लगाए ।
‘आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गर्नुभएको छ ।’, पूर्व अर्थमन्त्री पौडेलले भने, ‘त्यति मात्र होईन प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रलाई सामान्यकरण गरिरहेको छ । सरकारले लिएको कदमले अर्थतन्त्र सुध्रिएको भ्रम छर्ने काम भएको छ ।’
पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको समेत टिप्पणी गरेका छन् । ‘नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको छ ।’, उनले भने, ‘मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्न पनि सकेको छैन् र समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्