काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक मन्दीको अवस्थालाई अर्थमन्त्रीले ढाकछोप गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गरेको आरोप लगाए ।
‘आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गर्नुभएको छ ।’, पूर्व अर्थमन्त्री पौडेलले भने, ‘त्यति मात्र होईन प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रलाई सामान्यकरण गरिरहेको छ । सरकारले लिएको कदमले अर्थतन्त्र सुध्रिएको भ्रम छर्ने काम भएको छ ।’
पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको समेत टिप्पणी गरेका छन् । ‘नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको छ ।’, उनले भने, ‘मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्न पनि सकेको छैन् र समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्