×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिको निर्देशन, अनुमति पाएकाले पनि काम गर्न नपाउने !

PRIME CA
GLOBAL IME BANK

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिको निर्देशन, अनुमति पाएकाले पनि काम गर्न नपाउने !

३० जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । संघीय संसदको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोक्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले बोर्डबाट लाइसेन्स पाएका १८ वटा नयाँ ब्रोकर हाउसहरुको न्यूनतम मापदण्ड पूरा भएको वा नभएको छानबिन गर्नुपर्ने भन्दै तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

धितोपत्र बोर्डबाट हालसम्म १८ वटा नयाँ ब्रोकर हाउसहरुले सञ्चालन अनुमति पाइसकेका छन् भने ७ वटा ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट सञ्चालनका लागि एलओआई पाईसकेका छन् । यसरी ब्रोकरहरुले सञ्चालन अनुमति पाएर कार्यालय स्थापना गरी औपचारिक रुपमै धितोपत्र व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका बेला अर्थ समितिले लाइसेन्स वितरण र ब्रोकर सञ्चालनको प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न निर्देशन दिने ।’- समितिले गरेको निर्णयपत्रमा उल्लेख छ ।

त्यस्तै, अर्थ समितिले विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारवाहीलाई पनि अघि नबढाउन निर्देशन दिएको छ । यस्तो छ अर्थसमितिले लेखेको चिठी:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: