काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले औपचारिक रुपमा ब्रोकर सेवा सुरु गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सदस्ता नम्बर ६० प्रदान गरेसँगै कम्पनीले औपचारिक रुपमा सेवा सुरु गरेको हो ।कम्पनीको कार्यालय बानेश्वर (नागरिक लगानी कोषको पुरानो भवन)मा रहेको छ ।
सरकारको वित्तीय क्षेत्र विकास रणनीति अनुसार पहिलो पटक सरकारी स्वामित्वका संगठित संस्थाहरुको संयुक्त लगानीमा स्थापित नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर ब्रोकर सेवा संचालन गरेको हो । नागरिक स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट २०७७ माघ ९ गते धितोपत्र व्यापारीको अनुमति प्राप्त गरी नेपाल स्टक एक्सचेन्जमा २०७७ माघ २९ गतेको सदस्यता वमोजिम ‘डी०१’ को संकेतबाट धितोपत्रको कारोबार गर्दै आईरहेको थियो ।
कम्पनी आफ्नो लक्षित उदेश्य अनुरुप धितोपत्र दलाल सेवा सञ्चालन अनुमतिको निम्ति प्रक्रिया अगाडि बढाएकोमा वैशाख १७ गते प्रचलित धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलालको समेत कार्य गर्ने अनुमति प्राप्त गरेको हो । योसँगै अब नेपाली पूँजीबजारको विकास, विस्तार र विविधिकरणमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
पुँजी निर्माण र परिचालनको महत्वपूर्ण चेम्बरको रुपमा रहेको सेयर बजारलाई देशभर पहुँचयोग्य बनाउने सरकारको योजनामा हातेमालो गर्न यस कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउछमाँ शाखा कार्यालयहरुको विस्तार गर्ने लक्ष्य लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्