काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो ।
अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वय मार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिईएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने, ‘समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टौ लाईन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ ।’
यस्तै, संसदमा विचाराधिन अधिकांश आर्थिक विधेयकहरुलाई अगाडी बढाउन सहजिकरण गरीदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘निजी क्षेत्रसँग सम्वन्धित आर्थिक तथा अन्य विधेयकहरु समयमै पारित हुन नसकेकाले कतिपय समस्याहरु सम्वोधन हुन सकेका छैनन्, यसका लागि पनि सहजिकरण गरीदिनुहुन अनुरोध गर्दछौं ।’
चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ । खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रर्वद्धनका लागि विदेशी लगानी सम्मेलन यथाशिघ्र आयोजना गर्न समेत चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ ।
साथै, वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न समेत आग्रह गरिएको चेम्बर अध्यक्ष मल्लले बताए । उनले भने, ‘विश्वमा सूचना प्रविधीयुक्त सेवाको माग दिनप्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरुलाई स्वदेशमै अन्तराष्ट्रिय ठूला आईटी कम्पनीहरुको व्याकअपका रुपमा काम गर्ने व्यवस्था जीटुजी मार्फत गरेर आईटी उद्योगहरुलाई विकास गरिनुपर्दछ ।’
चेम्बर पदाधिकारीहरुसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशिल रहेको भन्दै उनले यसका लागि दिर्घकालिन नीतिगत योजना बन्ने काम भईरहेको बताएका थिए ।
त्यस्तै, जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासँग पनि जोडिएको उनको भनाई छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा. अर्यालले अन्तराष्ट्रिय लगानीका लागि पनि पहल भईरहेको जानकारी दिए । भन्सार प्रशासनलाई चुस्त बनाएर राजश्व संकलनको लक्ष्य वृद्धि एवं पुँजिगत खर्च समयमै गर्नेगरि नीतिगत व्यवस्थाको तयारी भईरहेको समेत उनले जानकारी दिए ।
चेम्बरले पुँजीगत खर्च वृद्धिका लागि पनि समयवद्ध तालिका बनाएर काम गर्नुपर्ने सुझाव दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्