×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, ठेक्का सम्झौताको आधा अवधि बित्दा पनि ७ प्रतिशत मात्रै काम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सडक निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, ठेक्का सम्झौताको आधा अवधि बित्दा पनि ७ प्रतिशत मात्रै काम !

Artha Sarokar

२५ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जमुने-पोखरा सडकमा कछुवा गतिमा काम भइरहेको छ । सडक खण्ड निर्माणका लागि तोकिएको समयको आधाभन्दा बढी समय घर्किसक्दा पनि काम भने निकै सुस्त भइरहेको छ ।

ठेक्का सम्झौता भएको आधा अवधि बितिसक्दा पनि पृथ्वी राजमार्गको पश्चिम खण्ड विस्तारको काम भने ७ प्रतिशत मात्रै भएको छ। विस्तारको कामले गति नपाएपछि यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् भने राजमार्ग र आसपासका बासिन्दा धुलो र हिलोले बस्‍नुपार्ने बाध्यता छ । चिनियाँ कम्पनी आन्हुई काइयुवान हाइवे एन्ड ब्रिज कम्पनी लिमिटेडले तनहुँको जमुनेदेखि कास्कीको पोखरासम्मको सडक खण्ड २०२४ सेप्टेम्बरसम्म विस्तार गरिसक्ने समयसीमासहित सडक विस्तारको २०२१ जुन १६ मा ठेक्का सम्झदता गरेको थियो ।

७.४ बिलियन लागतम सडक विस्तारको ठेक्का सम्झौता भएको थियो।आयोजना प्रमुख अमृत श्रेष्ठले निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन नगरेकाले सो कामले गति लिन नसकेको बताए । समयमै काम सम्पन्न गर्न ठेकेदारलाई पत्राचार गरिसके पनि प्रगति सन्तोषजनक नभएको उनले गुनासो छ । ‘गल्ती सच्याउन निर्माण कम्पनीलाई मौका दिनेछौं ।’, उनले भने, ‘कामले गति नदिए ठेक्का खारेज गर्न सक्छौँ ।’

सांसद शंकर भण्डारीले शनिबार निर्माण स्थलको निरीक्षण गरेका छन् । उनले गुणस्तर कायम गर्दै छिटो काम गर्न ठेकेदारलाई निर्देशन दिए। ४१ दशमलव ४५ किलोमिटर सडक विस्तार गर्दा दुवैतर्फको सडकको सीमा २५–२५ मिटर र घना बस्ती भएका सहरी क्षेत्रमा ४१ मिटर चौडाइ हुनेछ । नयाँ डिजाइनअनुसार तनहुँको दमौलीदेखि डुम्रेसम्मको सडकको चौडाइ ४१ मिटर र दुलेगौडादेखि खैरेनीटार बजार, कोत्रेबजार र कास्कीको गगनगौडादेखि पोखरासम्म ४६ मिटरको हुनेछ। सडकलाई सहरी क्षेत्रमा सर्भिस लेन र अन्य क्षेत्रमा चार लेन गरी ६ लेनमा विस्तार गरिने उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी