×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको तार चोर्ने क्लासिक टेकका कर्मचारी पक्राउ

PRIME CA
GLOBAL IME BANK

नेपाल टेलिकमको तार चोर्ने क्लासिक टेकका कर्मचारी पक्राउ

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल टेलिकमको केबल तार चोरी गर्ने क्लासिक टेकका कर्मचारी पक्राउ परेका छन् । टेलिकमको तार चोरी गरेको भन्दै बालाजु प्रहरी वृत्तले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको बा १८ च ७७१३ नम्बरको गाडीसहित कर्मचारीलाई पक्राउ गरेको हो ।

क्लासिक टेकका कर्मचारीले टेलिकमको नेपालटार क्षेत्रमा प्रयोग भएको करिब ८० मिटर कपर केबल तार चोरेको टेलिकमको गोंगबु कार्यालयका प्रमुख निर्मल घिमिरेले बताएका छन् ।

तार काटेर चोरी गरेको फोटो स्थानीयले पठाएपछि थप एक्सन लिएको घिमिरेले बताएका छन् । घिमिरेका अनुसार जेठ ३१ गते क्लासिक टेकका कर्मचारीले तार चोरी गरी गाडीमा राखेको अवस्थामा फोटो खिचेर स्थानीयले सो फोटो टेलिकमको कार्यालयमा पठाएका थिए । सोही फोटोका आधारमा अनुसन्धान गर्दा उक्त गाडी सोही ठाउँमा फेला परेपछि प्रहरीलाई खबर गरिएको घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै, बालाजु प्रहरी वृत्तका प्रहरी नायब उपरिक्षक मनोजजित कुँवरले नियन्त्रणमा लिइएको गाडी क्लासिक टेकको रहेको पुष्टी गरेका छन् । हाल पक्राउ परेका क्लासिक टेकका कर्मचारीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टेलिकमको अन्य क्षेत्रमा पनि केबल तार हराएको भन्ने उजुरी आएको र सो उजुरीउपर पनि थप छानबिन भईरहेको छ ।

यता क्लासिक टेकका उपमहाप्रबन्धक रोजित भट्टराईले उक्त घटनामा संलग्न कर्मचारीलाई कामबाट हटाइसकेको बताएका छन् । पक्राउ परेका कर्मचारीले आफ्नै सामान पनि चोरी गरेर बिक्री गर्ने गरेको पाइएकोले कम्पनीका तर्फबाट पनि उनीहरुविरुद्ध उजुरी दिएको जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: