काठमाडौं । अष्ट्रेलिया जाने खर्च जुटाउन चोरी गर्ने दुई जना पक्राउ परेका छन् । ललितपुरमा चोरी गरेका सामान काठमाडौंमा ल्याएर लुकाउने दुईजनालाई प्रहरीले काठमाडौंदेखि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिलास, पेचकससहितको ब्याग, चोरीमा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको छ ।
जेठ २९ गते ललितपुर जिलाको मानभवनमा ओमप्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रिल तोडफोड गरी काउन्टरमा रहेको रु एक लाख आठ हजार तथा कार्यकारी अधिकृतको कोठाबाट रु ३७ हजार तथा ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
उक्त अपार्टमेन्टको आठौँ तलामा रहेको कोठामा खानतलासी गर्ने क्रममा सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुवैजना अष्ट्रेलिया जाने तयारीमा रहेको थिए । सोहीका लागि खर्च जुटाउन उनीहरुले योजनाबद्ध रुपमा चोरी गर्ने गरेको खुलासा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्