×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

Artha Sarokar

२५ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागी हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजारको दरका जम्मा ३ अर्व रकम बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका हुन् ।
उच्चतम प्रतिफल सहितको ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट  करिव १५ लाख ७२ हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी