×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो

PRIME CA
GLOBAL IME BANK

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बजेट घोषणामा गरिएको अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्थाको कार्यान्वयन अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटमा गरिएको यस्तो व्यवस्थाको सहजीकरणका लागि प्रक्रिया अघि बढेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

रजिष्ट्रार कार्यालयका अनुसार बजेट गरिएको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरुको विवरण अध्यावधिक गर्न सूचना जारी गरिएको छ ।

शुक्रबार विभागले दर्ता भइसकेको कम्पनीहरुको विवरण अनलाइन प्रक्रियामार्फत अध्यावधिक गर्न सूचना सार्वजनिक गरेको थियो । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लागत, सेयर होल्डर सदस्य, उनीहरुको विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बर लगायतका विवरणहरु पेश गर्न कम्पनी रजिष्ट्रारले भनेको छ ।

कम्पनीहरुले आफ्नो विवरण पेश गरेपछि कम्पनी दर्ता, खारेजी, सेयर लागत लगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरुको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालय पुगिरहनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: