×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

Artha Sarokar

२४ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् । सोलुखुम्बु जिल्ला लिपुलेख गाउँपालिका वडा नं १ घर भई काठमाडौं महानगरपालिका स्वयम्भु पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङ र झापा जिल्ला दमक नगरपालिका वडा नं. १० घर भई हाल बुढानिलकण्ठ बस्ने ४५ वर्षीय मुना देवी कार्की पक्राउ परेका हुन् ।
तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिने र कम्बोडिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक १ लाख ५० हजार बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेरे पिडितबाट पटक पटक गरी ५ लाख रकम लिई सम्पर्कविहीन भएका थिए ।
त्यस्तै, मुना देवी कार्कीले उमेश श्रेष्ठलाई दुबई पठाईदिन्छु त्यसको लागि ४ लाख ५० हजार लाग्छ र दुबई पुगेपछि Bike Rider मा  काम लगाइदिन्छु मासिक १ लाख भन्दा धेरै तलव हुन्छ भन्दै प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले तामाङलाई जेठ २३ गते नयाँ बानेश्वरबाट र कार्कीलाई जेठ २२ गते बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी