×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Artha Sarokar

२९ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेलटार घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ बस्ने सुनिता न्यौपाने श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने र अमेरिका पुगेपछि Mobile Software कम्पनीमा काम लगाईदिन्छु मासिक ३ लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेकी थिइन् । न्यौपानेले पिडितबाट पटक पटक गरी ६ लाख २१ हजार रकम लिई सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेष्ठ २६ गते ललितपुर महानगरपालिका वडा नं. ३ पुलचोकबाट पक्राउ गरेको हो। पक्राउ परेकी न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी