×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १२ लाख ठगीको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १२ लाख ठगीको आरोप

Artha Sarokar

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मकालबारी बस्ने ५५ वर्षीय सुन बहादुर तामाङ पक्राउ परेका हुन् ।
तामाङले  हिरादेवी थापालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु त्यसको लागि १२ लाख रुपैयाँ लाग्छ, जापान पुगेपछि agriculture मा काम लगाईदिन्छु मासिक १ लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।
पिडितहरुबाट पटक पटक गरी १२ लाख रकम लिई सम्पर्कविहिन भएको प्रहरीले जनाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले तामाङलाई आसर ३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकालबारीबाट  पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी