काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. ३ मदनपुर स्थाई घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ३ धापासी बस्ने ३८ वर्षीय युबराज लिम्बु पक्राउ परेका हुन् ।
उनले भुवन भट्टराईलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिन्छु र माल्टा पुगेपछि पानीजहाजमा काम लगाईदिन्छु, मासिक एक लाख भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा परेर रकम ठगि गरेका थिए । लिम्बुले पिडितबाट पटक पटक गरी ६ लाख ३० हजार ठगि गरी सम्पर्क विहिन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई असार १४ गते काठमाडौं महानगरपालिका वडा नं ५ कालोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्