Skip to content
LAXMI SUNRISE BANK

सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने

अर्थ सरोकार

काठमाडौं । धुर्मुस सुन्तली पाउण्डेशनले तिर्नुपर्ने कर सरकारले छुट दिने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले धुर्मुस सुन्तली फाइन्डेसनलाई कर छुट दिने निर्णय भएको जानकारी दिएकी हुन् । मन्त्री शर्माका अनुसार अर्थमन्त्रालयको प्रस्तावमा धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना वस्ती पुर्ननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने भन्ने निर्णय गरेको हो ।

त्यस्तै, नेपाल–चीन सीमानाको सीमा चिन्ह स्तम्भ संयुक्त रुपमा पुनःस्थापना गर्ने बारेमा नेपालीको टोली गठन निर्णय भएको पनि मन्त्री शर्माले बताइन् । उनले भनिन– ‘बैठकमा नेपाल–चीन सीमानाको तातोपानी झ्ङवोस्थित सीमा चिह्न स्तम्भ ५३१ लाई संयुक्त रुपमा पुनःस्थापनाको लागि नेपाली टोली गठन गर्ने निर्णय भएको छ । ’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK