×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा प्रेम गीत ३ प्रदर्शन हुँदै, चलचित्रको विकासमा टेवा पुग्ने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डिशहोममा प्रेम गीत ३ प्रदर्शन हुँदै, चलचित्रको विकासमा टेवा पुग्ने विश्वास

Artha Sarokar

१४ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा exclusive प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा हेर्न सक्नेछन् ।

‘प्रेम गीत ३’ यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको ह्ख्इम् मा पनि यो चलचित्र उपलव्ध हुनेछ । XVOD मा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

XVOD डिशहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा WIFI Dongle वा Lan Cable जोडेर Internet जोड्नुपर्ने हुन्छ ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी