×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ट्वीटरका मालिक एलन मस्क पुनः भए विश्वकै धनी व्यक्ति

काठमाडौं । ट्वीटरका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा देखिएका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछि पार्दै मस्क पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार यसअघि धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा रहेका अर्नाल्टले बुधबार मात्रै ५ अर्ब २५ करोड डलर बराबरको सम्पत्ति गुमाएका छन् । जहाँ सोही अवधिमा मस्कको सम्पत्ति १ अर्ब ९८ करोड डलरले बढेको छ । हाल बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ भने मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर रहेको छ ।

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका सामानका व्यापारी हुन । उनले सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । पुनः विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको यसवर्ष मात्रै कुल सम्पत्तिमा ५५.३ अर्ब डलरले वृद्धि भएको छ । यसरी सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएपछि मस्क पुनः विश्वकै धनी व्यक्ति बनेका हुन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: