×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमानले बुझायो राष्ट्र बैंकलाई अन्तरदेशीय डिजिटल कारोबार अध्ययन प्रतिवेदन, भारतीय पर्यटकलाई सहज हुने अपेक्षा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार

PRIME CA
laxmi sunrise bank

इमानले बुझायो राष्ट्र बैंकलाई अन्तरदेशीय डिजिटल कारोबार अध्ययन प्रतिवेदन, भारतीय पर्यटकलाई सहज हुने अपेक्षा

काठमाडौं । नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रम गर्दै गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।

उक्त प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारिले डिजिटल कारोबारले इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई सहज हुने अपेक्षा लिएको बताए । ‘हाम्रो बोर्डरमा इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई पेमेन्टको समस्या छ । नेपालबाट ईन्डिया जाने विद्यार्थीहरुलाई, तीर्थ यात्रुहरुलाई अप्ठेरो थ्यो । त्यसमा अब यो अन्तर देशीय डिजिटल कारोबारले सहज पुग्ने छ । यसको लागि हामी थप हामेवर्क गर्ने छौं ।’

उनले राष्ट्रको लागि निकै नै महत्वपूर्ण भएको र यसलाई निरन्तरता दिन आफुहरु होमवर्कमा लाग्ने बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: