काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ८२ पैसा पुगेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रेहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः