काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिएका हुन् । ‘गत वर्षको असारसम्म कोषको आम्दानी दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो’, उनले भने, ‘चालु आर्थिक वर्षको हालसम्म एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ ।
सबैभन्दा बढी मण्डप भेटी २४ लाख ७६ हजार चार सय ९९ रुपैयाँ र मेलापर्वको भेटी २६ लाख ९१ हजार छ सय ३८ रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ४० लाख ८५ हजार पाँच सय २२ रुपैयाँ भेटीसहित ९१ लाख ८२ हजार पाँच सय ६९ रुपैयाँ आम्दानी भएको थियो ।
यज्ञ दर्तामा चार लाख ३५ हजार छ सय दुई, यात्री निवासबाट छ लाख ५९ हजार १० रुपैयाँ, ब्याज आम्दानी १३ लाख २७ हजार ३९ रुपैयाँ, दान दातव्य १५ लाख १२ हजार सात सय २२ रुपैयाँ, जिन्सी बिक्रीबाट दुई लाख ९८ हजार तीन सय ७१ रुपैयाँ, स्टल भाडाबाट पाँच लाख दुई सय ६० रुपैयाँ, पार्किङ शुल्कबाट एक हजार नौ सय ५० रुपैयाँ र विविध शीर्षकमा ३७ हजार २० रुपैयाँ आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।
गत वैशाख २० देखि यही जेठ २१ गतेसम्म रु छ लाख ४४ हजार छ सय ९७ भेटी सङ्कलन भएको छ । गत वैशाख महिनामा पाँच लाख २२ हजार दुई सय २५ रुपैयाँ भेटी सङ्कलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।
हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’
मन्दिरको आम्दानीबाट हालै दुई लाख ३० हजार सात सय ५० रुपैयाँ खर्चेर गलेश्वर बजारको २.५ किमी सडक र मन्दिर परिसरमा सोमबार ५५ वटा सडक बत्ती जडान गरिएको थियो । गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन ३१ लाख ७५ हजार रुपैयाँ, सामुदायिक भवन बनाउन २१ लाख ९९ हजार रुपैयाँ, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन चार लाख खर्च गरेको थियो ।
जडभरत संस्कृत माविका तीन जना शिक्षकको तलबका लागि मासिक रु ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक रु १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए । विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन् ।
भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म रु ३१ लाख रहेको कोषको आम्दानी हाल करिब रु चार करोड पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्