काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले जेठ २० गते शनिवार बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चावहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको बैंकले जनाएको छ ।
बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय अर्जुन नरसिंङ्ग के.सी र विशिष्ट अतिथिहरुमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगत बहादुर लामा, यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टका अध्यक्ष केदार नरसिंङ्ग के.सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई।सी।जी लगायतका सेवाहरु प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
शिविरमा करिब ७०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए । बृहत निशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानिय बासीहरु लाभान्वित भएको र आगामी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्