काठमाडौं । घोराही सिमेन्टको आईपीओमा माग भन्दा धेरै आवेदन परेको छ । ३२ जेठदेखि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथामिक सेयर निष्काशन (आईपीओ)मा कम्पनीको माग भन्दा बढीको आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओका लागि बिक्री खुला गरेको थियो । तर, आइतबार बिहानसम्म कम्पनीले खुला गरेको आईपीओमा ३ लाख ९२ हजार २६७ आवेदकबाट कुल १ करोड ४० लाख ५८ हजार ६ सय १० कित्ता सेयरका लागि आवेदन परेको सीडीएससीले जनाएको छ । सीडीएससीका अनुसार यो कम्पनीको माग भन्दा २.०३ गुणा बढी हो ।
घोराही सिमेन्ट इन्डस्ट्रीजले जारी गरेको आईपीओमा प्रतिकित्ता ४३५ रुपेयाँका दरले आवेदन दिनुपर्नेछ । जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३ सय ३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेको छ ।
कम्पनीको माग भन्दा बढी आवेदन परेपछि उक्त आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा ६ लाख ९१ हजार १ सय ६७ आवेदकले १० कित्ता सेयर पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्