Skip to content
LAXMI SUNRISE BANK

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार २ सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ६ सय २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९६ हजार १ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK