Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार एक सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ३ सय ६५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ८ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK