Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK