Skip to content
LAXMI SUNRISE BANK

बिहिबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार ५ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ७ सय ३५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK