Skip to content
LAXMI SUNRISE BANK

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिको दिन आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

शुक्रवार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ४ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK