काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ४ सय रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।