काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
बिहिबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ९ सय ६५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।