काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ८ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।