×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाउँदै सांसद हरि ढकालले भने- ‘नयाँ नीतिले कसैलाई राम्रो गर्दैन’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाउँदै सांसद हरि ढकालले भने- ‘नयाँ नीतिले कसैलाई राम्रो गर्दैन’ (भिडियो)

Artha Sarokar

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ताका पक्षमा खरो उत्रिने गरेका र हाल सांसदसमेत रहेका हरि ढकालले सेयर लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाएका छन् । शुक्रबार माइतीघरमा भएको कार्यक्रममा समेत पुगी उनले सरकारले ल्याएको नयाँ विधेयकमा भएका व्यवस्थाले कसैलाई पनि फाइदा नगर्ने भन्दै आफुले यस विषयमा सदनमा कुरा उठाउनेसमेत बताएका छन् ।
सरकारले ल्याएको विधेयक फिर्ता वा परिमार्जनका प्रक्रिया नबुझी केहि लगानीकर्ताहरुले आन्तरिक राजश्व विभागले जारी गरेको विज्ञप्तिअनुसार हुने भनेर बुझेको भन्दै उनले खासमा त्यस्तो नहुने र सरकारले नै विधेयक फिर्ता गर्नुपर्नेसमेत बताएका छन् । उनले आफु सेयर बजारका पक्षमा बिगतमा पनि लागेको र हाल पनि लगानीकर्तासँगै रहेको भन्दै आफु लगानीकर्तामाझ नै रहेकोसमेत बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी