काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको संघीय बजेटका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । देशव्यापी रुपमा सरकारले प्रस्तुत गरेको बजेटको चौतर्फी चर्चा भईरहेको बेला आईक्यानले काठमाडौंको होटल याक एण्ड यतीमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
आईक्यानले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमको मध्यस्तकर्ताका रुपमा राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी रहेका थिए । झण्डै २ सय बढी चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बजेटको अवस्था, बजेटले निर्धारण गरेको मार्ग, कार्यान्वयनको अवस्था र दीर्घकालीन असरका विषयमा बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा संघीय बजेटमाथि सहभागीहरुले उठाएको विषयमा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका पूर्व अध्यक्ष युद्धराज ओली, एकिकृत विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक डा.विश्वास गौचन, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले जवाफ दिएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्