काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को धनगढी शाखाको नयाँ परिसर उद्घाटन गरिएको छ । ३० जेठमा एक कार्यक्रमकाबीच आईक्यानका केन्द्रीय अध्यक्ष भास्करसिंह लालाले धनगढी शाखाको नयाँ परिसर उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय धनगढीको तृतिय शाखा समन्वय समितिका संयोजक चिरञ्जिवी पाठकको अध्यक्षतामा आयोजना गरिएको उक्त परिसर उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष भास्करसिंह लाला, उपाध्यक्ष सुजन कुमार काफ्ले, निर्देशक बिनोद न्यौपाने, काउन्सिल मेम्बर पोषराज नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी डिरेक्टर अस्मिता गोर्खाली लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, सोही अवसरमा ‘मोड्युल फाइनान्सियल स्टेटमेन्ट्स बेस अन एनएफआरएस फर एसएमईज’ कार्यक्रमको पनि उद्घाटन गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को धनगढी शाखा समन्वय समितिका संयोजक चिरञ्जिवी पाठकका अनुसार उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । उक्त तीन दिने कार्यक्रमको प्रशिक्षकका रुपमा सिए सञ्चिव ढकाल र सिए चिरञ्जिवी पाठक रहेका छन् ।
उक्त कार्यक्रममा अडान र एसोशिएसन अफ नेपाल चार्टर्ड एकाउन्टेन्ट एक्यानका जिल्ला प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीका साथै सम्पूर्ण अडिटरहरुको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्