×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको विरोधपछि राजस्व विभागबाट यस्ताे आयो स्पष्टिकरण, ‘पटके र नियमित’ शब्दले लगानीकर्ता शशंकित !

अर्थ सरोकार

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार

PRIME CA

लगानीकर्ताको विरोधपछि राजस्व विभागबाट यस्ताे आयो स्पष्टिकरण, ‘पटके र नियमित’ शब्दले लगानीकर्ता शशंकित !

काठमाडौँ । धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै आन्तरिक राजश्व विभागले आर्थिक विधेयक, २०८० को दफा २९ सम्बन्धमा स्पष्टीकरण दिएको छ । सरकारले करनीतिमा परिवर्तन गरेर लगानीकर्तालाई मारमा पारेको भन्दै लगानीकर्ताले आन्दोलनको तयारी गरेपछि विभागले यस्तो प्रष्टिकरण दिएको हो ।
‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ विभागले जारी गरेकाे सुचनामा उल्लेख छ । यद्यपी यो नियमित र पटके भनेको के हो भन्ने विषयमा विभागले प्रष्ट पारेको छैन ।
नियमित व्यवसायी भनेका कस्ता व्यवसायीलाई भन्ने भन्ने विषयमा विभागले ऐन नै बनाएर व्याख्या बनाउने तयारी गरेको छ । बुधबार एक कार्यक्रममा अर्थमत्न्री डा. प्रकाश शरण महतले पनि यस विषयमा स्पष्ट व्याख्या पछि आउने बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: