×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेका नविकरण गर्ने भन्दा रास्वपाका नयाँ कार्यकर्ता धेरै !

PRIME CA

एमालेका नविकरण गर्ने भन्दा रास्वपाका नयाँ कार्यकर्ता धेरै !

१ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तुलनात्मक रुपमा संगठित मानिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा पार्टीको सदस्यता नविकरण गर्नेहरु घटेका छन् । एमालेको १०औँ महाधिवेशनयता पार्टीको सदस्याता नविकरण गर्ने कार्यकर्ताभन्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नयाँ कार्यकर्ताहरु धेरै भएका हुन् ।

हाल एमालेमा पार्टीको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिनेको संख्या झण्डै ६० प्रतिशतले घटेको छ । पार्टीको १०औँ महाधिवेशनअघि एमालेले पार्टी सदस्यता ७ लाख ८९ हजार ६ सय २० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, महाधिवेशनपछि एमालेले पार्टी सदस्यताका बारेमा कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन ।

पार्टी स्रोतका अनुसार २०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनपछि २०८० जेठसम्ममा पार्टीका ३ लाख ५० हजारभन्दा कमले मात्रै सदस्यता नविकरण गरेका छन् । अर्थात, एमालेका ५९ प्रतिशत कार्यकर्ताले पार्टीको सदस्यता नविकरण गराएका छैनन् ।

पार्टीमा नयाँ सदस्यसँगै सदस्याता नविकरण गर्नेहरुको उत्साह घटेको पार्टीकै नेताहरुले बताईरहेको बेला यता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भने नयाँ सदस्यता लिनेहरुको संख्या ह्वात्तैको छ । संख्यात्मक हिसाबले पनि एमालेमा नविकरण गर्नेको भन्दा रास्पामा नयाँ सदस्यता लिने कार्यकर्ता बढी देखिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: