×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मापदण्ड विपरितको एफडीएच क्लिनिकमा महानगरको ताला, डाक्टरले विशेषज्ञताको दुरुपयोग गरेको आरोप !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मापदण्ड विपरितको एफडीएच क्लिनिकमा महानगरको ताला, डाक्टरले विशेषज्ञताको दुरुपयोग गरेको आरोप !

Artha Sarokar

११ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरले मापदण्ड विपरित सञ्चालन हुँदै आएको एफडीएच क्लिनिक बन्द गराएको छ । डा.दिलजन मन्सुरले चलाउँदै आएको काठमाडौंको मैतिदेवीस्थित उक्त क्लिनिक मापदण्ड विपरित भएको भन्दै महानगरले बन्द गराएको हो ।

मधुमेह, उच्च रक्तचाप र थाइराइड रोगबाट पूर्ण रुपमा छुटकारा दिने भन्दै दाबी गर्दै आएको उक्त क्लिनिकमा अनुगमन गर्दा क्लिनिकका लागि आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरेको फेला परेपछि क्लिनिक नै बन्द गर्नुपरेको महानगरले जनाएको छ ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको उक्त क्लिनिकले ‘लो कार्ब डाइट’का नाममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । लो कार्ब डाइटका विषयमा पर्याप्त अध्ययन नभएको र यसले थप समस्या निम्त्याउने भन्दै धेरैले उक्त डाइटका विषयमा आलोचना समेत हुँदै आएको थियो । सोही अनुसार महानगरले क्लििनिकमा अनुगमन गरेको हो । र मापदण्ड अनुसार नपाइएपछि क्लिनिक सिल गरिएको महानगरले जनाएको छ ।

यसो त क्लिनिकका सञ्चालक डा.मन्सुरलाई उनले दिँदै आएको सेवाका बारेमा उनी आफैलाई समेत राम्रो ज्ञान नभएको आरोप लागेको छ । यतिसम्म कि उनले पैसाका लागि आफ्नो विशेषज्ञता भन्दा बाहिरको विषयमा काम गर्ने गरेको समेत आरोप लागेको छ ।

तर, डा.मन्सुरले भने क्लिनिक बन्द गराइएकोप्रति आपत्ति जनाएका छन् । उनले महानगरपालिकाको स्वास्थ्य विभागमा निवेदन दर्ता गराए पनि पटक पटक निरीक्षणका लागि अनुरोध गर्दन पनि निरीक्षण नगरेको तर्क प्रस्तुत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी