काठमाडौं । कृषि विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आसर १४ गते बिहिबार मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ ।
सुविधानगर, काठमाडौंस्थित वाटिकामा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित चेक हस्तान्तरण कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई रु.पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बैंकको सञ्चालन तथा बजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, कोटेश्वर शाखाका प्रबन्धक खेटराज दाहाल, सञ्चालन तथा वजार व्यवस्थापन विभागका वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईलगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्