काठमाडौँ। बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको हो । यसरी छुट्नेमा मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन् ।
सीआईबीले मंगलबार दिनभर अपरेशन चलाएर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । सुवर्णशमशेर र उनको परिवारको नाममा रहेको जग्गा सरकारले अधिग्रहण गरेकामा राजनीतिक कारणले जफत भएको भन्दै फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै सरकारी लिखत तथा कागजात कीर्ते भएको दाबी प्रहरीको छ। ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको केसमा थप अनुसन्धान भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्