काठमाडौं । डा.बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘सफलता सम्भव छ’ पुस्कत सार्वजनिक गरिएको हो ।
शिखा बुक्सद्धारा प्रकाशित उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट, पत्रकार तथा लेखक रोहित भण्डारी, शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेल र पुस्तकका लेखक डा.बुद्धि मल्लले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
उक्त पुस्तकमा जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, ब्यवहार, एसम्यान लगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।
पुस्तकमा उँँटले घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वि नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तेन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जिवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्