×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौं साधारणसभा सम्पन्न 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौं साधारणसभा सम्पन्न 

Artha Sarokar

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा होटल अकामा, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको छ ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जरका बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश परेका थिए ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेको थियो । साधारण सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १:१ कायम गरी गाभ्ने र गाभिने, दुबै कम्पनी एक आपसमा गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कम्पनी सचिव कमल पन्थीले संचालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकिकृत कारोबार सम्पन्न हुने जानकारी गराइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी