Skip to content
LAXMI SUNRISE BANK

मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान, १ लाख ५० हजार यात्रुले गरे केबलकारको यात्रा

अर्थ सरोकार

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् ।

यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको जनाईएको छ । यस अघि आर्थिक वर्ष २०७५/७६ मा जेठ महीनामा नै १ लाख ३५ हजार २ सय ७२ को मासिक रेकर्ड थियो जून यस आर्थिक वर्षको जेठ महिनामै तोडिएको छ ।

यस्तै, मनकामना माताको दर्शन गर्न आउने भारतीय यात्रीहरुको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २ लाख ६९ हजार भारतीय पर्यटकले मनकामना भ्रमण गरेका छन् ।

यस वर्ष औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK