×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ट्वीटरलाई टक्कर दिन जुकरबर्गले नयाँ सोसल मिडिया एप ल्याउँदै, एप निर्माण अन्तिम चरणमा !

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ट्वीटरलाई टक्कर दिने नयाँ सोसल मिडिया एप ल्याउने तयारी गरेका छन् । मेटाले छिटै माइक्रोब्लगिङ प्लाटफर्म लञ्च गर्ने भएको छ । जसको सिधा टक्कर ट्वीटरसँग हुने बताइएको छ ।

उक्त प्लाटफर्ममा प्रयोगकर्ताले ट्वीटरमा जस्तै टेक्स्टहरु पोस्ट गर्ने सुविधा पाउनेछन् । साथै, सो प्लाटफर्मलाई इन्स्टाग्रामसँग पनि जोड्न सकिने जनाइएको छ ।

मेटाले बार्सिलोना कोड नामबाट यो प्रडक्टको परीक्षण गरिरहेको छ । यो एप अहिले अल्फा टेस्टिङको चरणमा रहेको छ । मिडिया रिपोर्टहरुका अनुसार यो प्लाटफर्ममा ५ सय अक्षरहरु टाइप गर्न सकिनेछ । त्यस्तै, यसमा ह्यासट्याग पनि प्रयोग गर्न सकिनेछ ।

साथै, मेटाले ल्याउन लागेको नयाँ सोसल मिडिया प्लाटफर्ममा प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम ह्याण्डलको माध्यमबाट लगइन गर्न सक्नेछन् । जुकरबर्गको यो नयाँ प्लाटफर्मको टक्कर केवल ट्वीटरसँग मात्र नभई ट्वीटरका संस्थापक ज्याक डोर्सीको प्लाटफर्म ब्लु स्काई तथा अर्को प्लाटफर्म Mastodon लगायतसँग पनि हुने जनाइएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: